नेपालमा कोरोना संक्रमितको संख्या ३०, १७ हजार भन्दा बढीको कोरोना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ३०, १७ हजार भन्दा बढीको कोरोना परीक्षण

corona press baisakh 6

काठमाडौं, ६ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् । गत चैत १० गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी युवती शनिबार २७ दिनपछि निको भएर डिस्चार्ज भएकी हुन् ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

युवतीको पछिल्लो २ वटा पिसिआएर टेष्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबार डिस्चार्ज भएकी युवतीसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ जना पुरुष चितवनमा पोजेटिभ देखिएका एक महिला र एक पुरुषको उपचार भइहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनाको आरडिटी र २ हजार ८ सय ८० जनाको परीक्षण पिसिआर विधिबाट तथा परिक्षण गरिएको प्रवक्ता देवकेटाले बताउनु भयो । अहिलेसम्म ८ हजार १७ जनाको पिसीआर र १९ हजार ४ सय ५४ जनाको आरडिटी गरी १७ हजार भन्दा बढीको कोरोना परीक्षण परीक्षण गरिएको छ ।

मन्त्रालयले सबै जिल्लामा ¥यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);