दास्रो कोरोना संक्रमित युवती अस्पताबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दास्रो कोरोना संक्रमित युवती अस्पताबाट डिस्चार्ज

sukraraj

काठमाडौं, ६ वैशाख । नेपालमा दास्रो कोरोना संक्रमित १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत १० गते उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् । उनी २७ दिन अस्पताल बसेर कोोना संक्रमणबाट मुक्त भएपछि आज घर फर्किएको बताइएको छ ।

गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो। त्यसको भोलिपल्टदेखि उनी अस्पतालमा उपचाररत थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन् ।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोना भाइरसको संक्रमण हुने उनि दोस्रो व्यक्ती हुन् । यसअघि चीनबाट आएका पहिलो कोरोना संक्रमित पनि उपचारपछि घर फर्किसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);