दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

death

दाङ । दाङमा कोरोना संक्रमणका कारण एक पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १७ निवासी दामोदर अधिकारी रहेका छन् । केही हप्ता पहिले उनलाई टाइफाइड देखिएपछि उपचाररत अधिकारीको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत २७ गते कोरोना पुष्टि भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए ।श्वासप्रश्वास

मा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मंगलबार राति ९ः३५ बजे निधन भएको हो । उनी पत्रकारितामा आवद्ध थिए, भने नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य पनि हुन् ।

यता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्षलाई कोरोना पुष्टि भएपछि वडा कार्यलय बन्द गरिएको छ ।वडा कार्यालय बुधबार दिउँसो १ बजे देखि शुक्रबार सम्म बन्द गर्ने निर्णय गरिएको वडा सदस्य दुजमान भण्डारीले जानकारी दिए । वडा अध्यक्ष नवराज लामिछानेलाई तीन दिन अगाडी कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);