बागलुङ कारागारमा रहेका थुनुवा कैदी र प्रहरीलाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागलुङ कारागारमा रहेका थुनुवा कैदी र प्रहरीलाई कोरोना

बागलुङ । बागलुङ कारागारमा रहेका थुनुवा चार कैदीसहित जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेका अनुसार कैदीहरुमा कोरोनाको लक्षणहरु देखिएपछि ६ गते स्वाव लिईएको थियो । स्वाव लिईएका मध्ये चार जना कैदी र एक प्रहरी हवल्दारलाई संक्रमण पुष्टि भएको घिमिरेले बताए ।

उनीहरुलाई छुट्टै कोठाको व्यवस्था गरी राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले अन्य कैदीहरुको पनि स्वाव लिने तयारी गरिरहेको छ ।

यता, बागलुङ नगरपालिका– १४ नारायणस्थानमा रहेको जनताधन माध्यामिक विद्यालयमा मंगलबार एकैपटक ३९ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालयले नगरको १२,१३ र १४ नम्बर वडामा १० दिनको लागि लकडाउन गरेको छ । जिल्लामा कोरोनाको संक्रमण उच्च रहेतापनि कुनै शर्तकता भने अपनाईएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);