बागलुङमा आजबाट १० दिन लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागलुङमा आजबाट १० दिन लकडाउन

baglung

बागलुङ । कोरोना भाइरसका दोस्रो चरणको भेरियपन्ट बागलुङमा पनि समुदाय स्तरमा फैलिएपछि बागलुङ नगरपालिकाभित्र १० दिन लकडाउन (बन्दाबन्दी) गरिएको छ ।

मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरि जेठ ३० गते राति १२ बजेसम्मको लागि एक हप्तापूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।

बागलुङ सदरमुकाममा बन्दाबन्दी सुरू भएपछि बजार प्राय बन्द रहेका छन् ,तरकारी र खाद्यान्नका पसल खुलेका छन् । बागलुङको प्रहरी चोकमा प्रहरी तयारी अवस्थामा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमणको सतर्कता स्वरुप जिल्लालाई एक साता बन्दाबन्दी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस पछिल्लो समय दोस्रो चरणको भेरियन्ट जिल्लामा तीव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा बन्दाबन्दी गरिएको हो । खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने भएको छ ।

जिल्लामा अत्यावश्यक दैनिक उपभोग्य सामानका पलस बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खेलेका छन् । दुग्ध पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);