बागलुङमा थप एकसाता निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागलुङमा थप एकसाता निषेधाज्ञा

बागलुङ,१०, भदाै । बागलुङमा समुदायस्तरमा कोरोना भाइरस फैलिए संगै बागलुङ नगरपालिकामा स्थानीय प्रशासनले लगाउदै आएको निषेधाज्ञा एकसाता थप गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले बागलुङ नगरपालिका भित्र लगाउँदै आएको निषेधाज्ञा थप एकसाता बढाउन माग गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले अनुमोदन गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

भदौ ३ गते देखि जारी लकडाउन एक साता थप गरि भाद्र १५ गते राति १२ बजेसम्म कायम रहने निर्णय गरिएको छ । वुधवारवाट बैक तथा बित्तीय संस्था र गैरसरकारी सस्था समेत वन्द हुने भएका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि बजारमा छरपस्ट रूपमा मान्छेको आवत जावत भएको भन्दै अत्यावश्यकीय खाद्य,तरकारी लगायतका पसल विहान ७ बजेदेखि ९ बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);