अव्यवस्थित तार एकसाता पछि हटाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अव्यवस्थित तार एकसाता पछि हटाउने सहमति

बाग्लुङ, १३ असाेज । बाग्लुङ नगरपालिका भित्र बिना अनुमति जथाभावी रूपमा लथालिङ्ग तरिकाले टांगिएका तार एकसाता पछि हटाउने सरोकारवाला बिच सहमति भएको छ । बाग्लुङ नगरपालिका कार्यालयले आयोजना गरेको सरोकारवालाहरू बिचको छलफलमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका पोलमा राखिएका अव्यवस्थित तारहरु हटाउने निर्णय गरिएको हो ।

एक दर्जन इन्टरनेट कम्पनी र बाग्लुङ केवुल प्रा.लि.ले ती पोलहरु जथाभावी रूपमा प्रयोग गरेको तार एकसाता पछि हटाउने निर्णय गरेको छ । आउने शनिबारबाट बाग्लुङ बजारमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गर्ने सहमति भएको हो । सडकभरि जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु व्यवस्थापन गर्न आग्रह गर्दा अटेरी गरेको बाग्लुङ नगरपालिकाले जनाएको छ ।

बाग्लुङमा रहेका बिद्युत प्राधिकरणको पोलमा बिना अनुमति प्रयोग गरेको हुँदा त्यसलाई हटाउन पटकपटक सूचना जारी गर्दा समेत वास्ता नगरेको प्राधिकरणले जनाएको छ ।

बाग्लुङ बजारमा बिद्युत र टेलिकमका पोलमा लथालिङ्ग रूपमा तागिएका तारको कारण सवारी दुर्घटना बढ्नुका साथै ट्राफिक ब्यबस्थापन समेत चुनौती थपिएको छ ।अनुमति र सम्झौतासमेत नगरी नियम विपरीत इन्टरनेट प्रदायक कम्पनी र केबुल टिभीले बिद्युत पोलमा राखिएका तारहरु तोकिएको समयमा नहटाए कारबाहीको दारयामा ल्याइने बागलुङ नगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);