बागलुङमा सीसी क्यामराहरु हटाइएपछि चोरीका घटनामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

बागलुङमा सीसी क्यामराहरु हटाइएपछि चोरीका घटनामा वृद्धि

बागलुङ, १४ फागुन । बागलुङ बजार भित्र भएको अव्यवस्थित रुपमा नेपाल विधुत प्राधिकरण तथा नेपाल टेलिकमको पोल र तार हटाउने क्रममा बजारमा जडान गरिएका सीसी क्यामरा हटाएपछि बागलुङमा चोरी तथा अपराधका घटना बढेको छ ।

बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय बिच समन्वय गरेर ७ बर्ष अघि बागलुङ बजार भित्र जडान गरिएको २९ वटा सीसी क्यामरा सडक विस्तारको क्रममा हटाइएका छन्।

क्यामराहरु हटाइएपछि यति बेला बागलुङ बजारमा चोरीका घटना बढेको बागलुुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जयराम भारीले जानकारी दिए ।

बागलुङ बजारमा सीसी क्यामरा जडान गरेपछि चोरीका घटनामा कमी आएको मात्रै नभई झै झगडाका घटनामा समेत कमी आएको थियो । तर अहिले क्यामरा नभएपछि दिनहुँजसो चोरीका घटना घटिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए ।

यता नगरपालिकाले भने पहिला जडान भएका सीसी क्यामरा पुरानो भइसकेको हुँदा अब नयाँ जडान गर्नुपर्ने बताएको छ । नगरको शान्ति सुरक्षाको लागि सरोकारवाला पक्षसंग समन्वय गरेर सीसी क्यामरा छिटोभन्दा छिटो जडान गर्ने तयारी भईरहेको नगरपालिकाका प्रशासकीय अधिकृत शिव रिजालले बताए ।

सीसी क्यामरा हुँदा ढुक्क भएर व्यापार व्यवसाय गर्न पाएकोमा अहिले चोरी र अपराधका घटना बढेपछि डरत्रास बढेको स्थानीय व्यवसायीहरु बताउँछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);