सीसी टिभी क्यामरा अधिकांस बन्द अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सीसी टिभी क्यामरा अधिकांस बन्द अवस्थामा

cctv

श्रवण देउवा

कैलाली, ९ असार । कैलालीको धनगढी मुख्य बजार चौराहदेखि जिल्ला प्रहरी कार्यालयको गेटसम्म जडान गरिएका सीसी टीभी क्यामरा अधिकांस बन्द अवस्थामा रहेका छन् । अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहज होस् भने उद्देश्यले जडान गरिएका यी सीसी क्यामरा मर्मत गर्नमा कसैको पनि चासो गएको छैन ।

धनगढीका विभिन्न ठाउँमा जडान गरिएका १२ वटा सीसी क्यामरामध्ये अहिले जम्मा दुईवटा सीसी क्यामरा मात्रै चल्छन् । धनगढी मुख्य बजार क्षेत्रमा प्रत्यक्ष रुपमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलापको अनुसन्धान गर्न सहज होस् भनेर सिसि टीभी क्यामरा जडान गरिएको थियो ।

तर, अहिले सबै बिग्रिएका छन् । चौराहदेखि जिल्ला प्रहरी कार्यालयको गेटसम्म गरि जम्मा १२ वटा सीसी टिभी क्यामेरा जडान गरिएको भएपनि अहिले जम्मा दुईवटा मात्रै चालु अवस्थामा छन् । केही दिनअघिसम्म सञ्चालमा रहेका आठवटा सीसी क्यामरामध्ये ६ वटा हावाहुरीका कारण बन्द हुन् पुगेका छन् ।

विविध कारणले गर्दा बजारका मुख्य क्षेत्रमा जडान गरिएका सिसी टिभी क्यामरामा यसरी खराबी आएर बन्द भएपछि बजारमा हुने अपराधिक गतिविधि बढ्नेमा स्थानीयबासी चिन्तित छन् ।

नगर क्षेत्रका सम्पूर्ण क्रियाकलाप हेर्न सजिलो माध्यम बनेको सीसी क्यामेरा बिग्रीएपछि विभिन्न घटना तथा दुर्घटना बढ्ने खतरा बढेको छ । त्यसैले बिग्रीएका क्यामेरा शिघ्र मर्मत गरि बजार क्षेत्रको सुरक्षा थप मजबुत बनाउन नगरबासीले आग्रह गरेका छन् ।

धनगढी प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सुरक्षा चुनौती पनि त्यत्तिकै थपिदै गएको हो । जडान गरेदेखि विग्रीएका चारवटा सीसी क्यामरा बनाउन नसकेको जिल्ला प्रहरी कार्यालयलाई अब १० वटा सीसी क्यामरा मर्मत गर्नुपर्ने भएको छ ।

सीसी क्यामरा सञ्चालन नहुँदा बजारमा विस्फोटक पदार्थ राख्ने व्यक्तिलाई पहिचान गर्न प्रहरीलाई कठिन पर्ने गरेको छ । सीसी क्यामेरा बिग्रिएको मौका छोपेर विभिन्न आपराधिक क्रियाकलापहरु पनि हुने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);