वेदकोट नगरपालिको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वेदकोट नगरपालिको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान

कञ्चनपुर, ७ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणकालागि क्यामेरा जडान गरेको हो । नगरपालिकाले उज्यालोकालागि सोलार प्यानल सहित राजमार्ग क्षेत्रका भिडभाड बढी हुने क्षेत्रमा सीसी क्यामेरा जडान गरेको जनाएको छ ।

नगरपालीकाले शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाको सीमाना, दैजी बजार क्षेत्र र चम्फापुर बजारका मुख्य–मुख्य चोकमा २५ वटा नाइट भिजन सीसी टीभी क्यामेरा जडान गरेको हो । साथै १ सय १६ वटा सोलार प्यानल जडान गर्न नगरपालिकाले अमृत–बोहरा जेभिसंग १ करोड १३ लाखमा ठेक्का सम्झौता गरेको छ ।

सीसी टीभी क्यामेरा जडान भएपछि स्थानीयहरुले बेदकोट नगरमा चोरी, दुर्घटना र अपराध नियन्त्रण हुने अपेक्षा गरेका छन । सीसी क्यामेरा जडान भएसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने विश्वास गरिएको छ । वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम रहने छ । सोही ठाउँबाट क्यामेराको निगरानी गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);