सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भन्दै सडकमा सीसी क्यामेरा जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भन्दै सडकमा सीसी क्यामेरा जडान

cc camera

काठमाडौं, १४ माघ । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भन्दै झापाको विभिन्न चोक तथा सडकमा प्रहरीले सीसी क्यामेरा जडान गरेको छ ।प्रविधिको प्रयोगबाट आपराधिक घट्ना न्यूनीकरण गर्न चारपाने चौकबाट क्यामेरा जडान कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

उनका अनुसार प्रहरी, स्थानीय तह र स्थानीय संघसंस्थाको समन्वयमा बिर्तामोडका अन्य चोक तथा सडकमा पनि सीसी क्यामेरा जडान गरिने छ । केही महिना अघि बिर्तामोडमा भएको आन्दोलका कारण अधिकांश सीसी क्यामेरा फुटेका थिए ।क्यामेरा जडानपछि राजमार्गमा हुने ‘हिट एन्ड रन’ का घटना कम हुने प्रहरीको विश्वास छ । सुरुमा १ देखि ५ नम्बर वडाका सडकमा न्यूनतम ६० वटा सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);