बाग्लुङ बजारका सीसी क्यामेरा प्रयोग बिहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाग्लुङ बजारका सीसी क्यामेरा प्रयोग बिहीन

सुवास आचार्य
बाग्लुङ, १५ माघ । बाग्लुङ बजारको शान्ती सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा जडान गरिएका सिसीटिभी क्यामेरा प्रयोग बिहिन बनेका छन् । आवश्यक मर्मत सम्भारको अभावमा चार वर्ष अगाडि उद्योग बाणिज्य संघ बाग्लुङको पहलमा जडान गरिएका २८ सीसी क्यामेरा मध्ये २१ वटा सीसीटिभी क्यामेरा प्रयोग बिहिन बनेका हुन् ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कन्ट्रोल रुम राखि व्यवसायिक महत्वका चोकहरुमा सीसीटिभी क्यामेरा जडान गरिएको थियो । सीसी क्यामेराको जडानपछि बजारमा भएका केही चोरीका घटनाहरुका दोषी पत्ता लगाउन समेत सहज भएको थियो । अहिले स्थानीय व्यापारीहरु पनि क्यामराले काम नगर्दा चोरी तथा झगडाका घट्ना बढ्ला कि भनेर त्रसित भएका छन् ।

बढ्दो शहरीकरणसंगै समाजमा बढ्दै गएको अपराध तथा चोरीका घटनाबाट नगरलाई सुरक्षित बनाउन गरिएको काम प्रभावकारी बन्न सकेको छैन । सीसीटिभी क्यामेराको सहयोगमा नगरको शान्ती सुरक्षा कायम गर्दै आएपनि हाल अधिकांश क्यामेराले काम गर्न छाडेपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।

हाल धौलागिरी अञ्चल अस्पताल रोडका दुई वटा जीप पार्कका ४ वटा र मिलन चोकको एउटा क्यामेरा बाहेक अरुले काम नगर्ने प्रहरीले जनाएको छ । सीसी क्यामेरा मर्मतका लागि प्रहरी कार्यालयले हालै दुई लाख ४७ हजार रुपैयाँको लागत तयार गरी बाग्लुङ नगरपालिकाको कार्यालयमा पठाइएको छ ।

यो कार्यान्वयन भए नगरको शान्ति सुरक्षा कायम गर्नका लागि आधुनिक प्रविधिको प्रयोगले धेरै टेवा पुग्ने बजारबासीहरुले प्रतिक्रिया दिएका छन् । तर, यस्ता प्रविधिको समय समयमा अनुगमन गरी मर्मत सम्भार गर्न पनि त्यत्तिकै जरुरी रहेको स्थानीयहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);