जमिन लिज प्रकरण खारेजीको माग गर्दै दिनभर कञ्चनपुर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जमिन लिज प्रकरण खारेजीको माग गर्दै दिनभर कञ्चनपुर बन्द

पुस्कर भट्ट
कञ्चनपुर, १५ माघ । विभिन्न विद्यार्थी संगठनहरुले अवैध रुपमा बनेको तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरण खारेजीको माग गदै मंगलवार दिनभर कञ्चनपुर बन्द भयो । नेपाल कम्यूनिष्ट पार्टी निकट युवा संघ, बाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, काँग्रेस निकट नेपाल तरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य/विप्लव निकटका युवा र विद्यार्थीले बिहानैदेखि महेन्द्रनगर बजार तथा यातायात बन्द गराए ।

बन्दका कारण कञ्चनपुरको सम्पूर्ण शैक्षिक संघसंस्था, सरकारी कार्यालय, यातायात, उद्योग, कलकारखाना बन्द भएका थिए । टाढा टाढा हिँडेका सर्वसाधरण पनि बन्दको मारमा परे । कञ्चनपुरका विद्यार्थी संगठनका नेताहरुले सरकारी सम्पत्ती संरक्षणका लागि दवाव रुवरुप अनिश्चितकालिन हड्तालमा उत्रिनु परेको बताएका छन् ।

तत्कालिन नगरविकास समितिले १ सय ४३ जनालाई अनाधिकृत रुपमा जमिन लिजमा दिएको थियो । युवा विद्यार्थी संगठनले नेविसंघले गुरु योजनामा रहेको ६ सय ३८ विगाहा जमिन मध्ये अधिकांश जमिन प्रकृया मिचेर अवैध लिजमा दिएर नगरकै शोभा बिग्रार्ने काम गरेको ठहर गरेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउने प्रकृया शुरु भएको जनाएको छ । यता, विद्यार्थी संगठनहरुले यो संरचनामा पूर्ण रुपमा नभत्किएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);