महेन्द्रनगरको माझगाउँ विमानस्थल तत्काल सञ्चालनमा ल्याउन स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

महेन्द्रनगर, २२ भदौ । सात नम्बर प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लामा बन्द रहेको माझगाउँ विमानस्थल पुनः संचालन गर्न महेन्द्रनगरमा दबाव समुह गठन गरिएको छ ।

 

बिहीबार महेन्द्रनगरका स्थानीयको बृहत एक भेलाले बन्द रहेको विमान स्थल संचालन गर्न सरकारलाई दबाव दिन समुह गठन गरेको हो । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षतामा दबाव समुह गठन गरिएको छ । समितिमा कञ्चनपुर होटेल व्यवसायी संघ, महाकाली सेती यातायात समिति, पवनदुत यातायात समिति, नमस्ते मानव यातायात समिति, नेपाल पत्रकार महासंघ, विभिन्न गैर सरकारी संस्था नागरिक समाज, बुद्धिजिवी व्यवसायी लगायत सर्वसाधारण रहने छन् ।

 

माझगाउँ विमान स्थल पुन संचालनमा नआउदा त्यहाँका नागरिकले समस्या भोग्दै आइरहेका छन् ।