कञ्चनपुरकको विमानस्थल शुचारु गर्न नागरिक दवाव अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कञ्चनपुरकको विमानस्थल शुचारु गर्न नागरिक दवाव अभियान

Kanchanpur-Airport

पुष्कर भट्ट
कञ्चनपुर, १५ जेठ ।  कञ्चनपुरमा बन्द रहेको मझगाउँ विमानस्थल शुचारु गर्न नागरिक दवाव अभियान शुरु गरिएको छ । दुई दशकदेखि बन्द भएको मझगाउँ विमानस्थल पुनः संचालनका लागि नागरिक स्तरबाट अभियान शुरु भएको हो ।

कञ्चनपुरमा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सुचारु गर्नका लागि नागरिक दवाव अभियान शुरु गरिएको छ । मझगाँउ विमानस्थल संघर्ष समितिले बन्द विमानस्थल संचालन गर्नका स्थानीय राजनीतिक दल र संचारकर्मीसंग छलफल पनि थालेको छ । विमानस्थल पुन सञ्चालनमा आउन नसके जग्गा अतिक्रमण हुन सक्ने भएकाले पनि चाँडो भन्दा चाँडो विमानस्थल शुचारु गर्नुपर्ने स्थानीयको माग छ ।

विं.स. ०५६ सालतिर असुरक्षाको कारण देखाउदै मझगाँउ विमानस्थल बन्द गरिएको थियो । बन्द भएको २० वर्षसम्म पनि पुनः संचालन नहुँदा स्थानीय यात्रुलाई धनगढी र नेपालगन्ज गएर जहाज चढ्नुपर्ने बाध्यता छ । महेन्द्रनगरदेखि झण्डै ५३ किलोमिटर दुरीमा रहेको धनगढी विमानस्थल चढ्नका लागि दैनिक ५० देखि ७० को हाराहारीमा कञ्चनपुरबाट यात्रु जाने गरेका छन् । यो विमानस्थल सञ्चालनमा आउन सके सुदूरपश्चिममा बैकल्पिक विमानस्थल हुन सक्ने देखिन्छ ।

लामो सयमदेखि विमानस्थल संचालन नहुँदा दुई किलोमिटर धावन मार्ग समेत रहेको झण्डै ५३ विगाह क्षेत्रफलमा रहेको विमानस्थल गौचरणमा परिणत भएको छ । बन्द भए यतादेखि विभिन्न निर्वाचनका बेला चुनावी मुद्दा बन्दै आएका विमानस्थलको संचालनका लागि दुई वर्ष अघि कञ्चनपुर उद्योग वाणिज्य संघले समेत पहल थालेको थियो । तर, अहिलेसम्म खुल्ने विषय अन्यौल नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);