८ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने अभियुक्तलाई प्रहरीले गोली हानी नियन्त्रणमा लियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

८ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने अभियुक्तलाई प्रहरीले गोली हानी नियन्त्रणमा लियो

वीरगन्ज, १५ जेठ । वीरगन्जबाट ८ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगर३ छपकैयाबाट गत शुक्रबार स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गोली हानी नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा बारा, कलैया उपमहानगर-११ का २१ वर्षीय रामदिनेश महतो, भारतीय नागरिक विकास शर्मा र बारा कलैयाका सिकेन्द्र साह छन् । शर्मा र साह दुबैको दाहिने खुट्टामा गोली लागेको छ । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । गत शुक्रबार बिहान १० बजे घरबाटै अपहरणमा परेको बालकको मंगलवार कलैया उपमहानगर २५ मा गाडिएको अवस्थामा शव फेला परेको हो ।

पक्राउ परेका आरोपितहरुले बताएपछि प्रहरी शव गाडिएको ठाउँमा पुगेको थियो । अपहरण भएको भोली पल्टै संलग्नहरुको पहिचान भएको थियो । व्यक्तिगत रिसइबीका कारण बालकको अपहरण गरि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । पक्राउ परेका भारतीय नागरिक शर्मा मृतक बालकको घर नजिकै डेरा लिएर बस्दै आएका थिए । घटनाको मुख्य योजनाकार शर्मा नै भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);