बारामा बालकको हत्या आरोपमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बारामा बालकको हत्या आरोपमा तीन जना पक्राउ

dampati pakrau


श्याम गुप्ता
बारा , ५ चैत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही टोलका १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी , सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अंसारी रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका तीन जनाले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी शव वडा नम्बर १० बेहरा टोल स्थित एक उद्योग छेउमा खाल्डा खनेर गाडेका थिए । घरबाट बेपता भएको १७ दिन पछि बालक मंसुरीको शव गत फागुन २८ गते सडिसकेको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका तीनै जनाले हत्या आँफुहरुले नैं गरेको भनेर स्वीकार समेत गरेको बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका तीनै जनाले पारिवारिक तथा जग्गा सम्बन्धी बिवादका कारण बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले आपसी रिसिवी , झगडा एवंम् आर्थिक लोभका कारण हत्या गरेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता मिश्रका अनुसार तीनै जना अभियुक्तहरु लागु पदार्थ सेवनकर्ता रहेको र उनीहरुले एक दिन अघि नैं बालकको हत्या योजना बनाएका थिए ।

पक्राउ परेका अभियुक्त मध्ये अफसान भन्ने अमर हुसेन मियाँ हजामले गाँजा खान जाउँ भनि बालक हुसेनलाई साथमा लिएर गएका थिए । आबेदिन र कियामुद्दिन मंसुरी घटना स्थलमा पहिले देखि नैं रहेका थिए । त्यस पछि कयामुद्दिनले पछाडीबाट बालकको घाँटीमा डोरीले कसेर लडाए पछि आबेदिन र अफसानले बालकको घाँटी थिचेका थिए ।

बालकको मृत्यु भए नभएको यकिन गर्नको लागि दापले आबेदिनले खुट्टा , कम्मर र ढाडमा दापले प्रहार गरेका थिए । पक्राउ परेका तीनै जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);