कञ्चनपुरमा एक महिला मृत फेला, मृतकका श्रीमान् प्रहरीको निगरानीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कञ्चनपुरमा एक महिला मृत फेला, मृतकका श्रीमान् प्रहरीको निगरानीमा

कञ्चनपुर, ५ चैत, कञ्चनपुरको बेलडाँडी घर तथा बेलौरी माइतीघर भएकी एक महिला कैलालीको धनगढीमा रहेको सोराइ होटलमा मृत फेला परेकी छन् । केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला बिष्ट रोकाया गएराति होटलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको भनाइ छ । मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको छ ।


उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा होटल सञ्चालन गरी बस्ने गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ । मृतकका १ छोरा र १ छोरी छन् । दुवै जना छोराछोरी भने भारतको पञ्जाबमै रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);