जुम्लामा गोठभित्रै एक महिला मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुम्लामा गोठभित्रै एक महिला मृत अवस्थामा फेला

जुम्ला । जुम्लामा एकजना महिला मृत अवस्थामा  भेटिएकी छन् । जिल्लाको सिंजा गाउँपालिका वडा नम्वर ६ काँडागाउँकी पुम्फा बुढा गोठमित्र मृत अवस्थामा भेटिएकी हुन् । 

मृतकको घाटिमा हेर्दा झुण्डिएको जस्तो दागरहेको सिंजा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कालि बहादुर बुढाले जानकारी दिएका छन्। ‘लास गोठमा सुतिरहेको अवस्थामा भेटिएको छ, श्रीमानले हामीलाई झुण्डिएर आत्महत्या गरेको बताएको उनले वडा अध्यक्ष भने । मृतकको उचाइ ५ फिट ३ इन्च छ, गोठको उचाइ ३ फिट २ इन्च रहेको बताइएको छ

। हत्या हो या आत्महत्या भनेर सजिलै भन्न सकिने अवस्था छैन । अहिले शव पोष्टमार्टमका लागी कर्णाली स्वास्थ्य विज्ञान ल्याइएको जिल्ला प्रहरी  कार्यालय जुम्लाले जानकारी दिएको छ। पोष्टमार्टम पछिमात्रै मृत्युको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक  युवन कुमार चौधरीले जानकारी दिएका छन्। 

उक्त घटनामा श्रीमान श्रीमति बिच मनमुटाव भएपछि गोठमा झुण्डिएर आत्महत्या गरेको हो कि भन्ने आशंका गरिएको छ। सिंजा ६ काडाँगाउँका स्थानीय गोर्ख बुढाका अनुसार मृतकका श्रीमानले राति करिव १२ बजे तिर श्रमतीले झुण्डिएर आत्महत्या गरेको खबर गरेपछि आफु घटनास्थल पुग्दा शव भुइँमा पल्टिएको अवस्थामा भेटिएको बताए। 

‘श्रीमानले मलाई राति १२ बजे श्रीमतिले झुण्डिएर आत्महत्या गरेको भनेर फोन गरेपछि म घटनास्थल गए, उनले भने। उनका अनुसार जिवितै छ कि भन्ने सोचेर श्रीमानले झुण्डिएको डोरि फुकालेर भुइमा राखेको बताए।’ उनले भने  शवको घाँटिमा दाग रहेको र डोरि मारौं भेटिएको छ। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);