सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि टेण्डर भएको छ । सडक विभागले आइतबार सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।

४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागले जानकारी दिएको छ । विभागका अनुसार स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्डर आह्वान भएको छ । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ ।

सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट जाली रहन्छ । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ ।

सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण हो । तर त्यहाको भौगोलिक अवस्थाको अध्ययनले सुरुङमार्गको सम्भावनालाई पनि पुर्ण सफल मानेको छैन ।

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । लामो समयदेखि यो योजना चर्चामा रहनुका साथै हरेक पटकको निर्वाचनमा यो आयोजना मुख्य मुद्दा बन्ने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);