१२ ठाउँमा सुरुङमार्ग, अध्ययनलाई कहाँ कति बजेट ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१२ ठाउँमा सुरुङमार्ग, अध्ययनलाई कहाँ कति बजेट ?

surung marg

काठमाडौं, २१ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

बुटवल–पाल्पा खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । सिद्धबाबाको स्विस सरकारले अध्ययन गरेर विभागलाई बुझाइसकेको छ । जापानी सहयोग नियोग (जाइका) ले अध्ययन गरेको नौबिसे–नागढुंगाको काम केही दिनभित्रै अघि बढ्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए ।

बीपी लोकमार्गको खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङको हेम्जा र लामाबगर सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको जानकारी केन्द्रका निर्देशक नेपालले दिए । टोखा–छहरे सडकको गुर्जेभञ्ज्याङ, बुटवल–नारायणगढको दाउन्ने, गणेशमानसिंह सडकको थानकोट–चित्लाङ र कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन अघि बढाइने विभागले जनाएको छ । अध्ययनका लागि बजेट विनियोजन भइसकेको छ तर खुटिया–दिपायल र गोदावरीकुण्ड–काभ्रे मौनचौर सुरुङमार्ग अध्ययनमा केही ढिलाइ हुने नेपालले बताए ।\

त्यसैगरी कोटेश्वर–जडीबुटी सुरुङमार्ग कुन मोडलको बनाउने भन्नेबारे स्पष्ट खाका नआएको उनले बताए । अधिकांश सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता नियुक्त गरिसकिएको उल्लेख गर्दै उनले काममा तीव्रता दिइने बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);