सुरुङमार्ग बनाउन १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुरुङमार्ग बनाउन १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले यातायात मन्त्रालय अन्तर्गतका विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड विनियोजन गरेको सरकारले सुरुङ मार्गलाई बजेटमा महत्वका साथ समावेश गरिएको बताए ।

बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ । त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान–लेउती खण्डको काम शुरु हुनेछ ।

काठमाडौंको तिनकुने–जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । त्यस्तै टोखा छहरे, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर, दुम्किबास–बर्दघाट र पाल्पाको प्रभास–जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने, रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगायतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);