प्रदेश नं. २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख, चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख, पुँजीगत खर्चतर्फ १८ अर्ब ५ करोड ८० लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश नं. २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख, चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख, पुँजीगत खर्चतर्फ १८ अर्ब ५ करोड ८० लाख

जनकपुरधाम । प्रदेश नं. २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश नं. २ को प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगत खर्चतर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैँया छुटाइएको छ भने चालूतर्फ १५ अबै ६३ करोड ३३ लाख ४७ हजार छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ भने १० करोड बजेट विनियोजन गरिएको छ ।

बजेटले कोभिड–१९ नियन्त्रण, रोकथाप र उपचारलाई प्राथमिकतामा राखी अक्सिजन सिलिण्डर, कोरोना परीक्षण गर्ने किट, रेक्डेसिभिर लगायतका स्वास्थ्य सामाग्री खरिदका लागि मात्रै २० करोड विनियोजन गरिएको छ । यसका साथै बजेटमा डायलासिस मेसिन खरिदका लागि १२ करोड विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);