प्रदेश नं. १ मा ३२ अर्ब ४६ करोडको बजेट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश नं. १ मा ३२ अर्ब ४६ करोडको बजेट

विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ ।

मंगलबार प्रदेश नम्बर १ प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले ३२ अर्ब ४६करोड ९२ लाखको बजेट पेश गरेका हुन् । यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो ।

आज प्रस्तुत बजेटमा चालु खर्च १४ अर्ब १६करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार, कृषि, उद्योग, व्यवसाय, पर्यटन क्षेत्रहरुमा रोजगारी तथा स्वरोजगारीका अवसरहरुको सिर्जना, निर्माणाधीन तथा अधुरा आयोजनाहरुको निर्माण कार्य सम्पन्न, लक्षित जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण आदिलाई बजेटको प्राथमिकतामा राखिएका छन् ।

बजेटमा कोभिड–१९ संक्रमण पहिचान, रोकथाप, उपचार र नियन्त्रणका लागि ४४ करोडका साथ समग्र स्वास्थ्य क्षेत्रका लागि ३ अबै २५ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी शिक्षा क्षेत्रका लागि १ अर्ब १९ करोड बजेट छुटाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);