लुम्बिनी प्रदेशको कुल बजेट ४० अर्ब ९५ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लुम्बिनी प्रदेशको कुल बजेट ४० अर्ब ९५ करोड

बुटवल । लुम्बिनी प्रदेशसरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सो आकारको बजेट पेश गरेका हुन् ।

प्रदेश सभा बैठकमा मन्त्री चौधरीले सोमध्ये चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रहेको छ भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको जनाएका छन् । स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);