वाग्मती प्रदेशको बजेट ७० अर्ब ९३ करोड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वाग्मती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

हेटौंडा। वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।  प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट ल्याएको छ। चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ।

प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११।७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २।८१ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले खर्च बेहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिती कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्कट्टेलले बताए।प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना नयाँ थप गरेको छैन। अधिकांश पुरानै आयोजनामा जोड दिइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);