गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित)

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत ३० अर्ब ३ करोड ९४ लाखको बजेटमा पुँजीगत खर्च १६ अर्ब ७३ करोड ४६लाख र चालु खर्चतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैँया बजेट छुटाइएको छ ।

बजेटले कोभिड–९ नियन्त्रण, रोकथाम र उपचारलाई प्राथमिकतामा राखेको छ । साथै महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

गण्डकीमा वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १० करोड विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);