सात वटै प्रदेश सरकारले आव २०७५/७६ काे बजेट सार्वजनिक गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सात वटै प्रदेश सरकारले आव २०७५/७६ काे बजेट सार्वजनिक गरे

काठमाडौं, १ असार । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट सार्वजनिक गरेका छन् । सात वटै प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश १ को सरकारले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागी लागी ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बजेट प्रस्तुत गरे । विनयोजन मध्ये चालुतर्फ १४ अर्व ९२ करोड १८ लाख र पूँजीगततर्फ १८ अर्व ५० करोड ९२ लाख छ ।

प्रदेश २ को सरकारले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको बजेट प्रस्तुत गरेका हुन् । विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार र पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार रहेको छ ।

त्यस्तै प्रदेश ३ को सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आफ्नो १३ वटै जिल्लाका १ सय १९ वटा स्थानीय तहलाई ५ अर्ब २८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले सशर्त अनुदानबाट उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाखलाई समेत आम्दानीमा समेटेर बजेट विनियोजन गरेको छ ।

प्रदेश ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले केन्द्र सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोत गरी २४ अर्बको बजेट प्रस्तुत गरेको हो ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड, सशर्त अनुदान ६ अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट प्राप्त ६ अर्ब ५७ करोड प्रदेश सरकारलाई बजेट आएको छ ।

प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि चालूतर्फ ११ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट ल्याएको छ । जसअन्तर्गत पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख, चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र वित्तिय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रदेश ७ को सरकार २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।

चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड विनियोजन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);