बागमती प्रदेशमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागमती प्रदेशमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री कैलाश प्रसाद ढंगेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगत खर्चतर्फ २९ अर्ब ७० करोड ४३ लाख र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ २ अर्ब विनियोजन गरिएको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारलाई बजेटको प्राथमिकतामा राखेको बागमती प्रदेशले यसका लागि मात्रै २ अबैको बजेट छुटाएको छ । सो शीर्षकभित्र अस्पतालहरुमा आवश्यक यन्त्रहरुको जडान, शैय्या थप, दक्ष कर्मचारीको व्यवस्थापन आदिलाई समावेश गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);