बागमती प्रदेशको बजेट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बागमती प्रदेशको बजेट बहुमतले पारित

हेटौडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।

असार १ गते प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७८- ०७९ को बजेट सोमबार बहुमतले पारित भएको हो । संसद बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित गरेसँगै बजेट पनि बहुमतले पास भएको छ ।

यसअघि आइतबार बसेको संसद बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष ०७८-७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सरकारले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

बजेटबाट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तिय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान प्रदेश सरकारले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);