सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि प्रस्तुत गरेको बजेट पारित गरेको हो । सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्व ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका थियो ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपलाी कांग्रेस, जनता समाजवादी पार्टी जसपा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेश सांसदहरुको असहमतिका बावजुत पनि बहुमतले बजेट पारित गरिएको हो । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेका माधव कुमार नेपाल पक्षका प्रदेश सांसदहरुको समर्थनबाट बजेट बहुमतले पारित गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले गएको असार १ गते बजेट प्रस्तुत गरेका थिए भने बजेट माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ पनि उनैले दिएका छन् । बजेटमाथि छलफलका क्रममा सत्तारुढ माओवादी केन्द्र तथा एमालेकै सांसदहरुको विरोधकाबीच नै बजेट पारित गरिएको हो ।

आर्थिक मामिला मन्त्री शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिवद्धता समेत जनाएका थिए । सुदूरपश्चिम प्रदेश सभाका माओवादी केन्द्रका १३ र एमालेका नेपाल पक्षका १७ सांसदको समर्थनमा बजेट बहुमतले पारित भएको हो ।

नेपाली कांग्रेसका १२, एमाले ओली पक्षका ७ र जसपाका २ सांसदले भने बजेटको विरोध गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा जम्मा ५३ प्रदेश सभा सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);