एमालेद्धारा सुदूरपश्चिम सरकारले ल्याएको नीति तथा कार्यक्रको बिरोध, कांग्रेस मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमालेद्धारा सुदूरपश्चिम सरकारले ल्याएको नीति तथा कार्यक्रको बिरोध, कांग्रेस मौन


सुदूरपश्चिम।
नेकपा एमालेद्धार सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको बिरोध जनाएको छ । मंगलबारका लागि पेश हुने नीति तथा कार्यक्र एमालेद्धारा विरोध खडा भएको हो । त्यस्तै, नेपाली कांग्रेस भने मौन अवस्थामा बसेका भने राजपाका दुई जना प्रदेश सदस्य नीति तथा कार्यक्रमको बैठकमा अनुपस्थित भएका थिए।

सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा नेकपा ऐमालेका सात जनाले बिमति जनाएका थिए । अहिले सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका १३, नेपाल समुक एमालेका १७, नेपाली काँग्रेसका १२, एमालेका ७ र राजपाका दुई जना प्रदेश सांसद रहेका छन् ।सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी समेत गरेको थियो । ‘अहिले नेकपा बिभाजन भईसकेपछि राजनीतिक भविश्य अन्यौल देखिएको छ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता डा. राणबहादुर रावलले भने–‘दुई समुहको लडाईमा हामीले समर्थन र बिरोध गर्नुको कुनै औचित्य छैन ।

’नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्देछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);