सुदूरपश्चिम प्रदेशले जारी गरेको बजेमा विपक्षीको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशले जारी गरेको बजेमा विपक्षीको विरोध

प्रदेश सभामा बजेटका योजना समावेश गरिएको रातो किताव जलाइयो

श्रवण देउवा
कैलाली, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गरेसंगै बजेटको चौतर्फी बिरोध भईरहेको छ । बजेटको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेश सभामा बजेटका योजना समावेश गरिएको रातो किताव जलाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटको प्रमुख विपक्षी दल लगायतका दलहरुले विरोध गर्दै आईरहेको छ । कनिका छरेजस्तो गरी कार्यकर्ता पाल्ने र प्रदेशमा लुट मच्चाउने बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्षी यतीखेर बजेटको बिरोधमा उत्रेका छन् ।

यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विरोध गर्दै प्रदेश सभामा प्रतिपक्षी दलहरुले बजेटका योजना समावेश गरिएको रातो किताब जलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले प्रदेश सभा भवनको गेटमा रातो किताब जलाएका हुन् ।

विपक्षी दलहरुले प्रदेस सरकारका बिरुद्ध चर्का नारावाजी गर्दै रातो किताब जलाएका थिए । त्यसअघि प्रतिपक्षीले संसद बैठकमा पनि बजेटको विरोध जनाएका थिए । दिउँसो ३ बजे सभामुख अर्जुनबहादुर थापाले संसद बैठक सुरु भएको जानकारी गराए लगत्तै टेबुल ठोक्दै आआफ्नो सिटबाट उठेर प्रतिपक्षी सांसदहरुले संसद बैठक समेत अबरुद्ध गरे ।

सांसदलाई मात्र नभइ सिङ्गो सदनलाई अपमान गरेर बजेट ल्याइएको भरत बहादुुर खड्काले आरोप लगाउनु भयो । बजेट सार्वजनिक भएको पाँच दिनसम्म पनि आफुहरुलाई रातो किताब उपलब्ध नगराएको र प्रदेश सरकार व्यक्तिगत फाईदा र कार्यकर्ता पालनपोषणमा लागेको नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर राववले आरोप लगाउनु भयो ।

यता आर्थिक मामिला मन्त्री झपट बहादुर वोहरा आफुले ल्याएको बजेट सन्तुलित भएको दाबी गर्दै कुनै पनि हालतमा बजेट संशोधन गर्न नसकिने अडानमा हुनुहुन्छ ।

अर्थमन्त्रीले बजेटका बारेमा सम्वोधन गर्नका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका सांसदहरुको अबरोधपछि असार आठ गतेसम्म संसद बैठक स्थगित गरिएकोे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);