बाजुरामा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको लर्को | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुरामा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको लर्को

श्री मालिका नमुना माध्यमिक विद्यालयले पनि निजी विद्यालय

बाजुरा, ५ असार । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार आउन थालेपछि जिल्लाका अधिकाँश निजी विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।

सुदूरपश्चिम प्रदेशकै विकट पहाडी जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा रहेको वि.स. २०२२ सालमा स्थापित श्री मालिका नमुना माध्यमिक विद्यालयले पनि निजी विद्यालयमा जस्तै गरी अङग्रेजी र नेपाली दुवै माध्यमवाट ईसिडीदेखि कक्षा १० सम्म पढाई गर्न थालेपछि निजी विद्यालय छाडेर यस विद्यालयमा भर्ना भएकोे विद्यार्थीहरुले बताएका छन् ।

शैक्षिक शत्र २०७६ मा विभिन्न निजी विद्यालयहरुबाट यस वर्ष मात्रै मालिका माविमा अध्ययन गर्न झण्डै २ सय बढी विद्यार्थीहरु भर्ना भएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले जानकारी दिनुभयो । विद्यालयलाई अझै गुणस्तरीय बनाउँदै लैजाने र विद्यार्थीको संख्याको अनुपातमा र शिक्षकहरु र भौतिक पुर्वाधारहरुको व्यवस्थापन गर्ने भन्ने विषयमा विद्यालय लागिरहेको रहेको प्राचार्य पाध्यायले बताउनु भयो ।

विद्यार्थीको संख्यामा बृद्धि भएपछि विद्यालय व्यवस्थापन भने चुनौतीको विषय बनेको छ । मालिका नमुना माविमा इसिडिदेखि कक्षा १२ सम्म १७ सय ३८ र प्राविधिक कक्षातर्फ सिभिल ईन्जिनियरिङ्गमा एक सय ५९ जना गरी जम्मा एक हजार आठ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा ६० जना शिक्षक शिक्षिकाहरुले पढाउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);