दिवा खाजाका कारण विद्यालयहरुमा विद्यार्थीहरुको आर्कषण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दिवा खाजाका कारण विद्यालयहरुमा विद्यार्थीहरुको आर्कषण बढ्दै

काठमाडौं, ३ फागुन । सामुुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम लागुु गरेपछि विद्यालय आउने बिद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ ।

सरकारले सामुदायिक विद्यालयहरुमा बिद्यार्थीहरुको आर्कषण बढाउन र नियमित रुपमा कक्षामा उपस्थित गराउन लागु गरेको दिवा खाजा कार्यक्रमले सफलता पाउँदै गएको छ ।

बालबालिकाहरुलाई विद्यालयमा नियमित बनाउने उदेश्यले लागु गरेको यस कार्यक्रमका कारण विद्यालयमा विद्यार्थीको संख्यामा वृद्धि हुनुका साथै बालबालिकाको स्वस्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको शिक्षकहरुको अनुभव रहेको छ ।

सरकारले उपलब्ध गराएको रकममा विधालयले थप गरी विधालयमा तयार गरेको खाजाका कारण बालबालिकाको स्वस्थ्यमा सकारात्मक प्रभाव र जङफुडको सुन्य भएको शिक्षकहरु बताउँछन ।

दिवा खाजा विद्यालयले उपलब्ध गराए पछि आफनो स्वस्थ्य अवस्थामा सकारात्मक प्रभाव परेको विद्यार्थीहरु बताउँछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);