विद्यार्थीलाई खाजा शौचालय बाहिर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विद्यार्थीलाई खाजा शौचालय बाहिर

Dang_district_location

विकास डाँगी

दाङ, १२ मंसिर । दाङको एक विद्यालयमा भवन अभावका कारण विद्यार्थीहरुलाई दिवा खाजा शौचालय बाहिर नै पकाएर खुवाइने गरिएको छ । दिवा खाजा पकाउनका लागि स्थान नभएपछि विद्यालयको शौचालयको ढोका बन्द गरी शौचालय अगाडी नै खाजा पकाउन बाध्य भएको विद्यालयले जनाएको छ ।

सामान्यतया सरसफाई तथा स्वास्थ्यमा ध्यान पुर्याउँदा खाना पकाउने ठाउँ शौचालयबाट टाढा राख्नु पर्दछ । तर दाङको शान्तिनगर गाउँपालिका–२ मा रहेको अम्बिकेश्वरी आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई दिइने दिवा खाजा शौचालय अगाडि पकाइन्छ । विद्यालयमा भवनको अभावका कारण शौचालयको ढोका बन्द गरी शौचालयको ढोका नजिक नै खाजा पकाइन्छ ।

शिशु कक्षा देखि ८ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा २ सय ५० विद्यार्थीहरु छन् । गाउँपालिकाले विद्यार्थीहरुका लागि खाजा कार्यक्रम दिएको भएता पनि कोठाको अभावले शौचालयलाई बन्द गरी त्यहिँ पकाएर खुवाउन विद्यालय बाध्य छ । यस बर्षदेखि विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई शुरु गरेपछि विद्यार्थी संख्या बढेका कारण पनि कक्षा कोठाको अभाव भएको प्रधानाध्यापक मियाँको भनाई छ । विद्यालयमा कोठा अभाव मात्र नभई अन्य पनि धेरै समस्याहरु रहेको विद्यालयका शिक्षक रेशम खड्काको भनाइ छ ।

यता शान्तिनगर गाउँपालिकाले भने अम्बिकेश्वरीमा मात्र नभई गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा पनि शिक्षक, भवन र कक्षाकोठा अभाव लगायतका समस्या भएको जनाएको छ । शौचालय नजिक खाजा पकाएर खुवाउनु गलत भएको र व्यवस्थापन गर्न आग्रह गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमख घनश्याम वलीले बताउनु भयो ।

सरकारले विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्नका लागि दिवा खाजाको व्यवस्था ल्याएको हो । र यो व्यवस्थाको प्रभाव स्वरुप ग्रामिण क्षेत्रमा विद्यालयहरुमा विद्यार्थीहरुको संख्यामा वृद्धि पनि हुन थालेको छ । तर यसरी शौचालय नजिक पकाइएको खाजा कतिको स्वस्थ होला र विद्यार्थीहरुको स्वास्थ्यमा कस्तो असर पर्ला भने सोच्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);