टिप्पर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टिप्पर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

humla accident

हुम्ला, १२ मंसिर । हुम्लाको सिमकोट गाउँपालिका–७ नाग्मामा टिप्पर दुर्घटना हुँदा मृत्यु हुनेको ४ पुगेको छ । बुधबार खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकाम सिमकोटका लागि छुटेको लु ४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ–१ प्यूस गाउँका बर्बजंग शाही रहेका छन् । अन्य ११ जना घाइते भएको र उनीहरुको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);