दुर्गादेवीमाथि डिजिटल हिंसा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८०, बिहीबार

दुर्गादेवीमाथि डिजिटल हिंसा

nirmala ki aama

काठमाडौं, १२ मंसिर । नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलो पल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन्। यसको पछाडिको कारण भने सुखद छैन। मंगलबार दिउँसो उनी यही अभियानका लागि बनाइएको ब्यानरमा लेखिएको नारा सच्याउन महेन्द्रनगर बजार पुगेकी थिइन्। विगत पाँच महिनादेखि उनले नगरपालिकाको कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छन्।

दुर्गादेवी बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तकी आमा हुन्। निर्मला गत वर्ष हत्या गरिएको अवस्थामा कञ्चनपुरस्थित उनको घरबाट केही किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेकी थिइन्। निर्मलाको बलात्कारपछि भएको हत्याको विषयले मुलुकलाई नै आन्दोलित बनाएको थियो। उनका हत्यारालाई कारबाही माग गर्दै गत वर्ष लामो समयसम्म देशभर व्यापक विरोध प्रदर्शन भएको थियो।

तर, अहिलेसम्म पनि प्रहरीले उनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन। निर्मालाको न्यायको लडाइँ जारी नै छ। दुर्गादेवीले छोरीको बलात्कार र हत्या स्थानीय दिलीप सिंहले गरेको आरोप लगाएकी छन्। अनुसन्धान भइरहेको यो घटनाबारे प्रहरीले भने मुख खोल्न चाहेको छैन। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।