ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । 

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’ ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);