निर्मलाकाे हत्यारा पत्ता लगाउन नसक्दा सरकारको चौतर्फी आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मलाकाे हत्यारा पत्ता लगाउन नसक्दा सरकारको चौतर्फी आलोचना

nirmala

अप्सरा गौतम

काठमाडौं, १९ मंसिर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिना नाघिसकेको छ । तर, सरकारले आजसम्म हत्यारालाई नियन्त्रणमा लिन सकेको छैन । मुख्य दोषीलाई पक्रन नसकेको भन्दै देशभर विद्यार्थी लगायत अधिकारकर्मीहरुले विरोध प्रदर्शन र व्यंग्य धर्नासहित दवाब दिइरहेका छन् ।

गत साउन १० गते हराएर ११ गते फेला परेकी निर्मला पन्तको अनुसन्धानबाट बलात्कारपछि हत्या भएको पुष्टी भएको थियो । १३ वर्षिया बालीका निर्मला पन्तको बलात्ककार पछि हत्या गर्नेलाई सरकारले चार महिनासम्म पनि समाउन नसकेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

निर्मला पन्तलाई न्याय देउ भन्दै पीडित परिवारले आन्दोलन जारी राखेका छन् । त्यसै गरी निर्मला पन्तलाई न्याय देउ भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले पनि राजधानी सहित विभिन्न जिल्लामा विरोध ¥याली आयोजना ग¥यो ।

यसैगरी चौतर्फी विरोध भईरहदा बुधबार ललितपुरको पुल्चोक क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले पनि निर्मलाको न्यायका लागि प्रदर्शन गरे ।

पोल–पोलमा सरकार टोलटोलमा बलात्कार, सरकार भेटियो न्याय भेटिएन, निर्मलालाई न्याय दे, हामी नाङगीएको टुलुटुलु हेर्छ सरकार लेखिएका प्लेकार्ड बोकेर यतिबेला विद्यार्थीहरु निर्मलाको न्याय खोजीरहेका छन् ।

निर्मलाको बलात्कार पछि हत्या भएको चार महिना वितिसक्यो । यस अवधीमा निर्मला हत्या प्रकरण अन्तर्राष्ट्रिय मुद्दा समेत बनिसकेको छ । तर, सरकारको गाम्भीर्यतामा घटना अनुसन्धान पटक्कै देखिएको छैन ।

त्यसैले जताततै यस घटनामा सरकारको निस्क्रीयताप्रति आक्रोस बढेको छ । यस घटनालाई लिएर सर्वसाधारण कत्ति आक्रोशित छन् भन्ने प्रतिक्रिया केही दिन अघि प्रधानमन्त्री ओलीको तस्वीर पोलहरुमा टाँग्दा नै देखिएको छ । तर सरकारमा रहेका व्यक्तिहरुको ध्यान यतातिर पटक्कै केन्द्रीत भएको छैन ।

सरकारले यस घटनाको अनुसन्धान भईरहेको र दोषीलाई कानुनी कठघरामा ल्याउने कुरा बाम्बार दोहोर्याईरहन्छ । अहिले निर्मलाको न्यायका लागि कञ्चनपुरसहित देशभर विरोध प्रदर्शन भइरहेको छ । तर पनि सरकारले हत्यारा पत्ता लगाउन नसक्नु आश्चर्यको विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);