निर्मलाका परिवार पुनः अनिश्चितकालिन बसे धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

निर्मलाका परिवार पुनः अनिश्चितकालिन बसे धर्ना

nirmala pariwar

पुस्कर भट्ट, कञ्चनपुर २५ कात्तिक । कञ्चनपुर भिमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको १ सय ९ दिन कटिसकेको छ ।

राष्ट्रिय हुँदै अन्तराष्ट्रिय रुपमा समेत चर्चा पाएको यो घट्नाका मुख्य दोषीलाई सार्वजनिक गर्न माग राख्दै निर्मलाका परिवार पुनः अनिश्चितकालिन धर्ना बसेका छन् ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गदै पीडित आफन्तहरु आइतवारदेखि अनिश्चितकालिन धर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेट अगाडी निर्मलाका वुवा–आमा, आफन्त र केही अधिकारकर्मीहरु धर्ना बसेका हुन् ।

निर्मलाको हत्या भएको १ सय ९ दिन पुगिसकेको छ । हत्या हुन वित्तिकै सरकारले बनाएको दुईवटा समितीले अहिले पनि काम गरिरहेको छ । तर, घट्ना भएको तीन महिना भईसक्दा पनि न्याय पाउन नसकेको भन्दै पुर्व घोषित कार्यक्रम अनुसार धर्ना शुरु गरेको निर्मलाका वुवा यज्ञराज पन्तले बताए ।

सरकारले निर्मला पन्तको बलात्कार पछि हत्यामा लापरबाही गरेको भन्दै कञ्चनपुर प्रहरीका तत्कालिन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई कात्तिक ८ गते बर्खास्त गरिसकेको छ । यसले घट्नाका विषयमा सरकार संवेदनशिल भएको सन्देश दिएपनि मुख्य अभियुक्त भने सरकार सार्वजनिक गर्न असफल भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);