अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बाबु-आमा बिरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बाबु-आमा बिरामी

nirmala ka babu

पुष्कर भट्ट
कञ्चनपुर, २९ कात्तिक । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया छोरी निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग राख्दै आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बाबुआमाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

पाँच दिनदेखि भोकभोकै धर्नामा बसेका निर्मलाका बाबु–आमाको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि धर्ना स्थलमै पुगेर बिहीवार चिकित्सकले उपचार गरेका छन् ।

बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको घट्ना भएको करीब ४ महिना बितिसकेको छ । विगत ४ महिनाको अन्तरालमा समेत सरकारले बास्तविक हत्यारा पत्ता लगाउन नसकेपछि सरकारलाई दबाब दिदैं विगत ५ दिन देखि निर्मलाका आमा बाबु अनिश्चितकालिन धर्नामा उत्रिएका छन् ।

तर, पाँच दिनदेखि भोकभोकै धर्नामा बसेका निर्मलाका बाबुआमाको स्वास्थ्य अवस्था विग्रदै गइरहेको छ । अचानक निर्मलाका बाबु यज्ञराज र आमा दुर्गा र कान्छी आमा लक्ष्मीको स्वास्थ्य अवस्था विग्रीएपछि महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले तीनै जनाको धर्ना स्थलमै पुगेर उपचार गरेका छन् ।

यज्ञराजको उपचारमा संलग्न चिकित्सक बोहराका अनुसार उनको ब्लडप्रेसर कम हुँदै गएको छ भने घाँटीमा समेत समस्या देखिएको छ । ल्याब रिर्पोट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्ना स्थलमै उपचार गर्ने भन्नेबारे पछि मात्रै थाहा हुने डा. बोहराले बताए ।

उनले आमा दुर्गाको ब्लड प्रेसर समेत कम र कान्छी आमाको वढी भएको देखिएको बताए । उनीहरु दुवैको पनि स्वास्थ्य अवस्था बिग्रीदै गएको छ । खाना नखाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकको भनाई छ ।

निर्मलाका बाबु आमाले न्याय नपाउन्जेलसम्म धर्ना जारी राख्ने अडान लिएका छन् । निर्मलाकी आमा दुर्गाले जति स्वास्थ्य अवस्था बिग्रीएपनि धर्ना जारी राख्ने बताएकी छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितका सुरक्षा प्रमुखले समेत यज्ञराज पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए ।

धर्नामा नागरिक संघर्ष समितिले साथ र सर्मथन दिएको छ । होमवर्क गर्छु भन्दै साथीको घर गएकी निर्मलाको साउन ११ गते मृत अवस्थामा उखुबारीमा शव भेटिएको थियो । कञ्चनपुर प्रहरीले भने घटनाको गम्भिर ढङगले अनुसन्धान भईरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);