प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको बिजुली बस थन्किए | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको बिजुली बस थन्किए

bijuli bus 1

अप्सरा गौतम
काठमाडाैं, २९ कात्तिक । निकै तामझामका साथ एक महिना अघि उपत्यका भित्र्याईएका विद्युतीय बस संचालनमा आउन सकेका छैनन् । लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याईएको विजुली बस यतिबेला ललितपुरको पुल्चोकमा थन्किएका छन् ।

काठमाडौं उपत्यकामा १ महिना अघि ठुलो तामझाका साथ विद्युतीय वस शुरु गरियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत ४ जना मन्त्री समेत यस वसमा चढेर काठमाडौंको शयर गरे ।

तर, नेपालमा पहिलो, विजुलीबाट चल्ने भनेर चर्चा कमाएको बिजुली वस यतिबेला पुल्चोकमा थन्किएर बसेका छन् । देशमा लोडसेडिङ मुक्त घोषणा भएको अवस्थामा यस किसिमका बस भित्रिएसंगै यात्रुलाई मात्र नभएर पेट्रोलियम पर्दाथको परनिर्भरता समेत घट्ने अपेक्षा गरिएको थियो ।

विद्युतीय वस किन संचालनमा आउन सकेन ?

लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएका कारण वस सञ्चालनमा आउन नसकेको साझाको भनाई छ । जनताले ठूलो आशा गरेको यो विद्युतीय वस शुरु हुनु अघि सरकारले किन बलियो तयारी गरेन ?

हुनत, प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामसंग उद्घाटन गरेको बिजुली बस मात्र हैन बिराटनगरमा गोबर ग्याँस प्लान्टको पनि उद्घाटन गर्दै अब घरघरमा पाईपबाट ग्यास पु-याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यि लगायत प्रधानमन्त्री आफैले अग्रसरता लिएका धेरै कार्यक्रम अहिले बोलीमा सिमित छन् । यसले प्रधानमन्त्रीलाई मात्र हैन, साझा यातायातको छविलाई समेत असर पु-याएको छ ।

बिजुली बस वातावरणमैत्री र अपागंमैत्री पनि छन् । दुइ वटा ह्विलचेयर राख्ने स्थान छ भने ह्विलचेयर उकाल्न लिफ्ट पनि राखिएको छ । सिसी क्यामरा, उभिएर यात्रा गर्नका लागि ह्याङगरको सुविधा पनि रहेको छ ।

गाडीको उच्च गति १ सय किलोमिटर प्रतिघण्टासम्म छ । यसले १ सय ५० किलोवाट पावर र ५ सय ५० एनएम टर्क दिने प्राविधिकहरुले बताएका छन् । करिब २ करोड मूल्य बरावरका बिजुली बस संचालन गर्ने भनेर उद्घाटनमै ठूलो धनराशि खर्च भईसके पनि अहिले संचालनमा आउन नसक्दा जनताको विद्युतीय वस चढ्ने आशा निराशामा परिणत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);