कोरोनाका कारण बाग्लुङका यातायात व्यवसायीको ४ अर्व बढीको लगानी जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोनाका कारण बाग्लुङका यातायात व्यवसायीको ४ अर्व बढीको लगानी जोखिममा

सुवास आचार्य
बाग्लुङ, २४ भदौ ।
संक्रमण जोखिमका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले गर्दा यातायात संचालनमा रोक लगाएपछि अहिले यातायात व्यवसायीहरुको आम्दानी मात्र रोकिएको छैन सवारी साधन समेत बिग्रिएका छन् । बाग्लुङमा पनि करोडौं रूपैयाँ लगानी गरि यातायात व्यवसाय संचालन गर्दै आएका व्यवसायी र मजदुर आर्थिक चपेटामा परेका छन् ।

कोरोनाका कारण बाग्लुङका यातायात ब्यवसायी धराशायी बन्न पुगेका छन् । सयौं मजदुर बेरोजगार बन्न बाध्य भएका छन् । बाग्लुङका सार्वजनिक यातायात, ढुवानी र निजी सवारीमा मात्रै ८ अर्ब लगानी छ । सार्वजनिक यातायात क्षेत्रमा मात्रै ४ अर्बभन्दा बढी लगानी भएको छ ।

सरकारले चैत ११ देखि देशभर लकडाउन गरेपछि बाग्लुङबाट चल्ने सवारीसाधन चल्न नपाउदा यतिबेला लाखौं रूपैयाँ ऋण धन गरेर व्यवसाय मारमा परेको छ । यातायात क्षेत्र र यस क्षेत्रमा काम गर्ने मजदुरको समस्याका वारेमा राज्यले सोच्न जरुरी रहेको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको भनाई छ ।

बागलुङबाट काठमाडाँै, चितवन ,काँकडभिट्टा ,कोठियाघाट वीरगंज भैरहवा लगायत देशभर यातायात सेवा सञ्चालनमा छन् । ६ महिनादेखि सबै काम काज ठप्प हुदा बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋण र ब्याज तिर्न मात्रै हैन दैनिक चलाउन नसक्ने अबस्थामा पुगेको ब्यबसायी बताउँछन् ।

अहिले सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बाग्लुङका दुई हजार मजदूर बेरोजगार भएका छन् । लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुमा आश्रित १९ हजारभन्दा बढी मानिसको अवस्था जर्जर भएको छ ।

धौलागिरी गण्डकी यातायात कम्पनीमा सूचीकृत भएका बस र माइक्रोबसमा काम गर्ने सबैभन्दा बढी मजदूर बेरोजगार भएका छन् । सो कम्पनीमा मात्रै ३०० बस दर्ता छन् । हरेक बसमा दुई जनासम्म चालक र एक एकजना सहचालक समेत गर्दा ९०० जना बेरोजगार भएको बस ब्यबसायी बताउँछन् ।

धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.मा सूचीकृत बसमा मात्रै २ अर्ब १० करोड लगानी भएको छ । २ सय ९ जिपमा ८३ करोड लगानी गरिएको छ । तीमध्ये ९० प्रतिशत ऋणमा निकालिएका हुन् । भगवती यातायात कम्पनीले वस ,माइक्रो वस र जिपमा झन्डै ५० करोड लगानी गरेको छ ।

बुर्तिवाङ यातायात सेवा कम्पनीमा ८० सवारीमा ४० करोड लगानी छ । बागलुङमा ढोरपाटन,वावा डिलक्स लगाएका कम्पनी मार्फत वस,माईक्रोवस जिप,स्कारपियो ,ट्याक्सीमा लगानी भएको छ । बागलुङका सार्वजनिक यातायात, ढुवानी र निजी सवारीमा गरी मात्रै ८ अर्ब लगानी छ । अर्बाै लगानी भएपनि महामारीले ठप्प हुँदा लगानी जोखिममा परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);