असार १८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्नै यातायात व्यवसायीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

असार १८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्नै यातायात व्यवसायीको चेतावनी

काठमाडौं । मंगलबारबाट निषेधाज्ञालाई खुकुलो गर्दै जोरविजोर प्रणालीबाट २५ सिट माथिका सवारी साधनलाई सञ्चालनमा ल्याउन दिने स्थानीय प्रशासनको निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै सो निर्णय सच्याएर सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग गरेका हुन् । उनीहरुले सबै सार्वजनिक यातायात असार १८ गतेदेखि सञ्चालन गर्नै उद्घोषसमेत गरेका छन् ।

काठमाडौं उपत्यकामा भएका ६ लाख सर्वाजनिक यातायातमध्ये २५ सिट क्षमताभन्दा माथिका मात्रै सञ्चालन गर्ने भनेपछि १२ हजार मात्रै सञ्चालन हुने भएकाले यातायात व्यवसायीले स्थानीय प्रशासनको यो निर्णय अव्यवहारिक ठहर गरेको छ ।

लामो बन्दाबन्दी पछि क्रमश निषेधाज्ञा खुकुलो हुँदै गइरहेको समयमा निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार पनि क्रमश खुल्दै गईरहेको समयमा अर्थतन्त्रलाई गतिशिल बताउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र सञ्चालन गर्न नदिनु अव्यवहारिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्तरिक हवाई यातायात समेत सञ्चालनमा आईसकेका बेला देर्शभरीका लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधनहरु सञ्चालनको अनुमति दिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

त्यसैगरी २०६९ सालदेखि सार्वजनिक यातायात वैज्ञानिक भाडा दर समायोजन हुन नसकेको भन्दै भाडादर पनि समायोजन गर्न माग गरिएको छ ।

यदि स्थानीय प्रशासनले आफूहरुको अनुरोधको सुनुवाई नगरिए यही असार १८ गतेबाट देशै भरका सम्पूर्ण सवारीका साधनहरु आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने चेतावती यातायात व्यवसायीले दिएका छन् ।

कोरोना संक्रमण जोखिम बढेसँगै गएको बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरी सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । यसैक्रममा उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले आजबाट जोरबिजोर प्रणालीमा २५ सिट माथिका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);