सार्वजनिक यातायात चलेपनि व्यवसायी र चालकको गुनासै-गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सार्वजनिक यातायात चलेपनि व्यवसायी र चालकको गुनासै-गुनासो

काठमाडौं । लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । २०७८ बैशाख १६ गते देखि ग्यारेजमा थन्किएका ठूला सवारी साधन २ महिना पछि मंगलबारदेखि सञ्चालन हुन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन् ।

बल्लतल्ल जोरविजोर प्रणाली अनुसार एक दिन विराएर सवारी साधन सञ्चालन गर्न पाएपनि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेको गुनासो चालकहरुले गरेका छन् । सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पु¥याउन पनि धौंधौ भएको उनीहरुको गुनासो छ ।

महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुंँडिखेल वरपरि घुमेको घुमेई गर्नुपरेको गुनासो चालकले गरेका छन् । उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए ।

बुुढानिलकण्ठ रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफूहरुको दुख नसुन्ने गरेको गुनासो गर्छन् ।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइएपनि त्यस भन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिईएको छैन ।

माईक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गर्छन् । साथै काठमाडौं महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यवहारिक भएको दाबी उनीहरुको छ ।

बुढानिलकण्ठ रत्नपार्क रुटका सहचालक लिलाराज गिरीले वैकल्पिक स्थान नतोकी बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरु पनि समस्यामा परेको बताए ।

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा संञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरु तुरुन्तै सडकमा गुड्न थालेका छन् । अटोमोबाईल व्यवसायीहरु भने लामो समय देखि ग्यारेजमा थन्किएका सवारी साधन सामान्य मर्मत विना सडकमा निकाल्न नहुने तर्क गर्छन् ।

अटोमोबाईल व्यवसायी मधुसुधन सिग्देल मेसिनरी सामानहरु संञ्चालन नगरि थन्काएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था चेक गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताउँछन् । विना चेकजाँच नै सवारी साधन सडकमा ल्याउँदा दुर्घटना हुन सक्ने भन्दै उनले सबैलाई आ–आफ्ना सवारीसाधनको सामान्य चेकजाँच गराउन आग्रह गरे । लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले बिना चेकजाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);