जोर-बिजोर प्रणाली लागु भएसँगै सर्बसाधारणलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जोर-बिजोर प्रणाली लागु भएसँगै सर्बसाधारणलाई सास्ती

अप्सरा लामिछाने
काठमाडौं, २३ भदौ । चौथो विमस्टेक शिखर सम्मेलनका लागि खुकुलो सडक र सवारी चाँप बनाउन सरकारले काठमाडांै उपत्यकाका सवारीमा जोरविजोर प्रणाली लागु गरेको छ । बिमस्टेक यसै भिडभाड हुने सार्वजनिक सवारीमा समेत जोरविजोर प्रणाली लागु हुँदा धेरै सर्वसाधाण हिडेरै आफ्नो गन्तव्यमा पुग्न बाध्य भए ।

नेपाल सहित छ वटा देशका भीभीआइपीहरु हुँइकिदा सडक अस्तव्यस्त हुने भएकाले राजधानीमा तीन दिन सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । तर, जोर विजोर प्रणाली लागु गरिएका कारण बुधबार सडकमा पर्याप्त सवारी नगुड्दा सर्वसाधारण हिडेरै आफ्नो गन्तव्यमा पुग्न बाध्य भए ।

कतिपय सर्वसाधारणले घण्टौ कुर्दासमेत सहज यात्रा गर्न नपाएको गुनासो गरे । सधै नियमित सवारी संचालन हुँदा समेत झुण्डीएर सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले सडकमा जोर नम्वरका सवारी नचल्दा सास्ती पाएका थिए ।

जोरविजोर प्रणालीले सर्वसाधारणलाई सास्ती भएपनि सडकमा सधै तनावमा रहने ट्राफिक प्रहरीलाई भने सहज भएको थियो । सामान्यतया हरेक दिन करिव १० लाख सवारी साधन राजधानीमा गुड्छन् ।

त्यस मध्य ४ लाख भन्दा बढि दुई पांग्रे मात्रै छन् । उपत्यकामा गुड्ने सवारी साधन मध्ये करिव ४५ प्रतिशत मात्र सवारी गुडेका कारण ट्राफिक व्यबस्थापनमा सहज भएको ट्राफिक प्रहरीको अनुभव छ ।

शिखर सम्मेलनका तीन दिन मध्ये १३ र १५ गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन भने १४ गते जोर नम्बरका सवारी साधन मात्रै चल्नेछन् । उपत्यकामा गुड्ने १० लाख सवारीमध्ये चार लाखसवारी थन्किदा त्यसको मुख्य असुविधान सर्वसाधारणलाई भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);