सरकारद्धारा उपत्यकामा गुडने सवारी साधनमा जोर विजोर प्रणाली लागु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सरकारद्धारा उपत्यकामा गुडने सवारी साधनमा जोर विजोर प्रणाली लागु

gadi jor bijor

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सडक खकुलो बनाउन सरकारले काठमाडौ उपत्यकामा गुडने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गर्दै छ ।

जसले गर्दा सर्वसाधारण प्रभावित हुने देखिएको छ भने भिभिआइपीको सवारी आवागमन सहज हुने देखिएको छ । शिखर सम्मेलनताका सडकलाई खुकुलो बनाउन सरकारले काठमाडौं उपत्यकामा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गर्दै छ । साँघुरो सडकका कारण राजधानीमा नेपाल सहित ७ देशका भिभिआइपीहरु हुइकिदा सडक अस्तव्यस्त हुने भएकाले ३ दिन सार्वजनिक सवारी साधन गुड्न जोर विजोर नम्बर प्रणाली लागु गरिएको छ । १३ गतेबाट भिभिआइपीहरुको आवागमन भइरहने भएकाले राजधानीका सडकलाई खुकुलो बनाउन र ट्राफिक जाम कम गर्न जोर विजोर प्रणाली लागु गर्न लागिएको हो ।

सामान्यतया राजधानीमा हरेक दिन सवैप्रकारका गरी करिव १० लाख सवारी साधन गुड्दछन् । त्यस मध्य ४ लाख भन्दा बढि दुई पांग्रे मात्रै छन् । ३ दिने व्यवस्था अनुसार १३ र १५ गते विजोर नम्बरका सवारी साधन संचालन हुने छ भने १४ गते जोर नम्बर रहेका सवारी साधन मात्रै चल्न पाउने छ । यसो गर्दा दैनिक गुड्ने सवारी साधनमा आधा संख्या कम हुने र त्यसले भिभिआइपीहरुको सवारी आवागमनमा ट्राफीक व्यवस्थापनमा सहज हुने ट्राफीक प्रहरीको विश्वास छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);