बिमस्टेक शिखर सम्मेलनको तयारी बैठक होटल सोल्टीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिमस्टेक शिखर सम्मेलनको तयारी बैठक होटल सोल्टीमा सुरु

bimistic

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु भएको छ ।

राजधानीको होटल सोल्टीमा बुधबार बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयका अनुसार बैठकमा बिहिबार देखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

बैठकले शिखर सम्मेलनका लागि समझदारी पत्र तथा चौथो शिखर सम्मेलन र काठमाण्डौ घोषणापत्रको मस्यौदालाई पनि अन्तिम रुप दिने छ । बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि र भारतको प्रतिनिधित्व भारतका बाह्य मामिला राज्यमन्त्री भि के सिंहले गरेका छन् । त्यसैगरी म्यान्माका अन्तराष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेशराज्य मन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । भुटानले भने आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्था सचिव सोनाम छोङलाई परराष्ट्रमन्त्रीस्तरीय बैठकमा प्रतिनिधित्व गर्न पठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);