बिमस्टेक शिखर सम्मेलनको तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बिमस्टेक शिखर सम्मेलनको तयारी तीब्र

काठमाडौं, ६ भदौ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारी तीब्र पारेको छ । साथै नेपाल अध्यक्ष राष्ट्र भएकाले शिखर सम्मेलमा के कस्ता बिषयमा छलफल हुने भन्ने एजेण्डाका बिषयमा पनि सरकार तयारीमा जुटेको छ ।

आगामी भदौ १४ र १५ गते बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा हुनेछ । सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ ।

त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । नेपालले सम्मेलनका लागी उठाउने बिषय के हुन त ।

बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यान्मारमा भइसकेको छ । सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य रहेको हस्तान्तरणलगायत १४ वटा सहयोगका क्षेत्र छन् ।

बिमस्टेक उपक्षेत्रीय संगठनको सम्मेलन नेपालले आयोजना गरिरहँदा यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, बिशेष गरी छिमेकी राष्ट्रहरुसँगको सम्बन्धमा पार्ने प्रभावका बारेमा जुन महत्वका साथ विमर्श र बहस चल्नुपथ्र्यो त्यो भने देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);